काठमाडौं। आईसीसी विश्वकप लिग टु अन्तर्गत आज नेपालले स्कटल्याण्डसँगसँग पहिले बलिङ् गर्दैछ ।
नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ रोजेको हो । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेट र स्कटल्याण्डले नामिबियालाई १० विकेटले हराएका थिए ।
नेपालले स्कटल्याण्डसँग पहिलो पटक घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा चार पटक खेलेका छन् । १ खेलमा नेपाल र ३ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।


