काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजिनामा दिएका छन्।
उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।
उनले १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन्।


