काठमाडौं । आज पनि सेयर बजार झिनो अंकले बढेको छ । विहीबार सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढेको हो ।
बिहीबार कूल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच भएको छ । कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
बिहीबार अभियान लघुवित्तको सर्वाधिक सेयर मूल्य वृद्धि भएको छ । अभियान लघुवित्तको सेयर मूल्य ९ दशमलव ०९ प्रतिशतले वृद्धि हुँदै ७८० कायम भएको छ । सर्वाधिक मूल्य घट्नेमा हिमालयन लघुवित्त रहेको छ ।


