काठमाडौं। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले निश्चित स्वार्थका लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको आरोप लगाएका छन् ।
उनले मंगलबारको संसद बैठकमा आफ्नो धारणा राख्दै सरकारको उत्कृष्ट संस्थालाई सक्ने ग्रान्ड डिजाइन गरिएको बताएका हुन्।नीतिगत भ्रष्टाचार भएको उनको दाबी छ।
उनले नेप्से पुनर्संरचना र आधुनिकीकरणमा सम्बन्धित सबै निकाय चुकेको उल्लेख गरे। नेप्सेका अधिकांश योजनालाई थाति राखेर आर्थिक स्वार्थका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउन खोजिएको उनको टिप्पणी छ। उनले नयाँ स्टक एक्सचेन्ज नभएर नेप्सेकै सेयर निजी क्षेत्रलाई विनिवेश गर्न सुझाएका छन्।


