काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पवनकुमार गोल्यान सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा वाणिज्य बैंकका भोजबहादुर शाह, उपाध्यक्षमा विकास बैंकका राजेश उपाध्याय, महासचिवमा वाणिज्य बैंकका राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली, सह– कोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यमा उपेन्द्रकेशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगर, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र प्रो।हिरेन्द्रमान प्रधान सदस्यमा सर्वसम्मत चयन भएका छन् ।


