काठमाडौं । आफ्नो दलका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडिओ प्रकरणबारे निर्णय गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बैठक दिउँसो २ बजे काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। यसअघि बैठक चितवनमा जुमबाट गर्ने तयारी रास्वपाको थियो।
आजको बैठकबाट सांसद ढाकाकुमारको अडिओ प्रकरणबारे निर्णय गर्ने तयारी रास्वपाको छ। ‘बैठकलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्छौं’, प्रवक्ता डा. ढकालले भने।


