काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् ।
उनले शुक्रबार गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
सभापति थापाले नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२र६३ सफल भएपछि गणतन्त्र स्थापना भएको स्मरण गर्दै थापाले शासन व्यवस्थाको संस्थागत सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
यही व्यवस्थालाई सुदृढीकरण गर्दै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उनको भनाइ छ ।


