काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले आज गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै यस्तो धारणा राखेका हुन् । उनले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई सच्याउँदै राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताए ।
देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आमनागरिकबीच एकता आवश्यक रहेको प्रचण्डले औँल्याएका छन् ।


