काठमाडौं । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
भ्रमण–तालिकाअनुसार आज बिहान ११ः०५ बजेदेखि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। यसलगत्तै पुनः प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।
उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन्।
भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।


