काठमाडौं । सोमबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी कुमोद ढुंगेलले बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।
मनिष मास्के र खिमान्द गौतम, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी र दिपक विष्टलाई पक्राउ गरिएको हो। नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा प्रहरीले अपरेसन चलाइरहेको छ।


