बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६० करोड २२ लाख बजेट प्रस्तुत गरेको छ । यही असार ९ गते नगरपालिकाको १३ औं नगरसभामा नगर उपप्रमुख मन्जु तामाङले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले आगामी वर्षको बजेटमा मुख्यगरी ८ वटा प्राथमिकतालाई जोड दिएको छ । जसमा कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि, गुणस्तरीय स्थानीय पूर्वाधार निर्माण, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, वातावरण संरक्षण र विपद व्यवस्थापन, गुणस्तरीय मानव पूँजी निर्माण र रोजगारी सिर्जना, पर्यटकीय क्षेत्रको विकास र विस्तार, सेवा प्रवाहमा सुधार र सुशासन, स्थानीय प्राकृतिक स्रोत तथा साधनको कुशल परिचालन रहेका छन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूँजीगत खर्चमा ४० करोड २५ लाख र चालू खर्चमा २० करोड ३८ लाख ६२ हजार १ सय ९२ रुपौया ९९ बजेट विनियोजन गरेको छ । बजेटमा जनतासँग नगरप्रमुख तर्फ ४५ लाख विनियोजन गरिएको छ । यस आर्थिक वर्षमा नगरपालिकाको बजेट ६७ करोड ७९ लाख ३५ हजार ५ सय ५४ रुपैयाँ ४४ रहेको थियो । यस वर्ष संघीय सरकारले दिने अनुदानमा कटौती गरेकोले चालु आर्थिक बर्षको भन्दा आगामी वर्षको बजेट साढे ७ करोडले कटौती भएको हो ।
आ.व २०८००८१ बाह्रबिसे नगरपालिका बजेट


