काठमाडौं । सदा झैं आज पनि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर निर्धारण गरेको छ।
बैंकका आनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ भने एक युरोको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।
यस्तै आइतबार बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।


