काठमाडौं । अन्तर विद्यालय फुटसलको उपाधि मनास्लु वर्ल्ड स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकले मङ्सिर २० र २१ गते आयोजना गरेको अन्तर विद्यालय कप फुटसलको उपाधि जितेको हो ।
मनास्लुले लुम्बिनी एकेडेमीलाई ६ गोलले पराजित गर्दै उपाधि हात पारेको हो उसले ट्रफीसहित १० हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा २६ विद्यालयहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभई पाठ्यक्रममा नै समेटिनु पर्ने बताए ।
कार्यक्रममा प्याब्सक अध्यक्ष गेन्द्र लामा र महासचिव राजेन्द्र श्रेष्ठले खेलकुदको माध्यमबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरा र खेलकुदलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए ।


