काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी डेढ वर्षको अवधिमा पुरै देशलाई उज्यालो बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं।’
‘


