काठमाडौं । मिटरब्याजी पीडितको आन्दोलन चकिँदै गएपछि सरकारले मिटरब्याजलाई अपराध मान्दै आवश्यक कानुन बनाउने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
एक मन्त्रीले त्यसका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी दिए । मिटरब्याजी पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडौँ आएर आन्दोलन थालेपछि सरकारले गम्भीरता देखाउँदै आवश्यक निर्णय गरेको हो ।


