काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको बताएका छन् । उनले मंगलबार नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष २०८०र०८१ को बजेटमार्फत सरकारले म्याद थप लगायतका महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै मन्त्रीलाई भेट्न गएका पदाधिकारीहरुसँग यस्तो बताएका हुन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ज्वालालाई भेटेर महासंघका मागका विषयमा ध्यानाकर्षण गराएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष लामाले माइलस्टोनको खारेजीसहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीको महत्वपूर्ण मागबारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको बताए ।
मूल्य समायोजनसहित एकमुष्ट रूपमा २०८१ असार मसान्तसम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए ।


