काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोेकेको छ।
बैंकले आज एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । बुधबार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ७७ पैसा र भने बिक्री दर १३१ रुपैयाँ ३७ पैसा निर्धारण गरेको छ।
यस्तै आज युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ४६ पैसा छ।


