काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।शुक्रबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा पुगेको छ।
यस्तै आज एक युरोको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


