काठमाडौं । नेपाल राष्ट्र बैंकले ९सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा कायम गरिएको छ भने एक युरोको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।


