काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ।
बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ भने एक युरोको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
यसैगरी आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।
आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८२ पैसा थियो।


