काठमाडौं । अमेरिकी डलरको भाउ आकासिने क्रम बढ्दै गएको छ । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ ।
अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । पछिल्लो केही समययता युरो र डलरको भाउबीच उतारचढाव देखिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा र सिंगापुर डलर एकको खरिदमा ९० रुपैयाँ ७९ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा रहेको छ ।


