काठमाडौं । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनमा आफू संलग्न नरहेको प्रष्टीकरण दिएका छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
राजश्व अनुसन्धान विभागले हिजो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । मल्होत्राले उक्त समाचारप्रति आपत्ति जनाएका छन् ।


