काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । विहीबार सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ ।


