काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। विहीबार एक सय भारतीय रूपैयाँको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज १ अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ भने १ बेलायती पाउण्डको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ८७।८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।२३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ३२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।


