काठमाडौं । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची रहेको छ । त्यसअघि मध्याह्न १२ बजे बस्नेगरी सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
यसअघि आजै बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।
सभामुखले सदन अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटकपटक छलफल गरेका थिए।


