काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
मन्त्री महतले शुक्रबार राष्ट्रियसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताएका हुन् ।
ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उनको भनाइ छ । उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए । उत्पादन वृद्धि र पुँजि निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा उनले जोड दिए ।


