काठमाडौं । हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका बंशीराज दाहाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललेदाहाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन्।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउनुहुँदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए।


