काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई बचाउन टिकटक बन्द गर्ने निर्णय गरेको प्रष्टीकरण दिएका छन् ।
उनले मंगलबारनेपाल संवत्को नयाँ वर्ष सुरु भएका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो जिकिर रहेका हुन् ।
कार्यक्रममा उनले भने, ‘समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । ’


