काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक नाराले समस्याको समाधान नहुने बताएका छन्।
अध्यक्ष ओलीले शनिबार रिटर्नी फेडेरेसन नेपालको अधिवेशनमा सम्बोधन गर्दै नेपालमा साम्प्रदायिकताको लागि ठाउँ नभएको रिटर्नी फेडेरेसनले बुझेको बताए।
‘विदेशमा सरदर दुई वर्षभन्दा बढी बसेर फर्किएका मान्छेहरुको तपाईंहरुले देशव्यापी संगठन बनाउनुभएको छ। जसले गर्दा यस संगठनले अर्को एउटा राम्रो काम गरेको छ। रिटर्नीका व्यथा, विदेश जाँदाका व्यथा उस्तै थिए, विदेशका व्यथा उस्तै थिए, फर्केर आएपछिका समस्या उस्तै छन्। समाधान मिलेर गर्नुपर्छ। यहाँ साम्प्रदायिताको ठाउँ छैन’, उनले भने।


