काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ।
शेरचनविरुद्ध प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्ज भएपछि पुनः प्रमुख कार्यकारी अधिकृत बनाइएको भन्दै परेको रिट अदालतले खारेज गरिदिएको हो ।
अधिवक्ता अनिता थापा केसीले उनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै मुद्दा दायर गरेकी थिइन्।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सिइओमा गरिएको नियुक्ति कानुनसम्मत रहेको ठहर गरी रिट निवेदन खारेज गरेको हो।


