काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको आह्वानमा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी छ ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सुरु भएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता सहभागी छन् ।


