काठमाडौं । सुनको मूल्यमा लगातार बृद्धि भएको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेर सुनको मूल्य १ लाख १३ हजार माथि पुगेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ।
गत बुधबार तोलामा १ हजार ५०० रुपैयाँले बढेपछि छापावाल सुन प्रतितोला १ लाख १२ हजार पुगेको थियो। त्यसपछि बिहीबार पनि सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो।


