काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ। त्यस्तै चाँदीका भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।


