काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर सुधार गर्नुपर्ने बताएका छन् ।
मन्त्री बस्नेतले मंगलबार एकता व्यापार संघले काठमाडौंमा आयोजना गरेको वृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले अझै पनि जनसङ्ख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी निकै कम भएकाले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको बताए ।
सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठूलो क्षति हुने भएकाले यस विषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राखे ।
त्यस्तै उनले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताए ।


