११.८१ अंकले घटयो नेप्से
काठमाडौं । नयाँ सरकार गठन भएपछि दुई दिनसम्म लगातार बढेको सेयरमा बजार बुधबार गिरावट आएको छ । सुरुवाती चरणमा उक्लिएको सेयर बजार बन्द हुने समयमा ११.८१ अंकले घटेको हो ।
मंगलबार भने सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।
कुल ६० कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ ।


