काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एनआईसी एशिया बैंकले ३ अर्ब २७ करोड खुद मुनाफा कमाएको छ । बैंकले हालै प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उक्त परिमाणको मुना आर्जन गर्न सफल देखिएको हो ।
वार्षिक विन्दुगत आधारमा बैंकको यो मुनाफा ३६ प्रतिशतको वृद्धि हो । त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) २४.७५ प्रतिशत छ भने वार्षिक प्रतिशेयर आम्दानी ५६.७७ रुपैयाँ छ । स्वपुँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै वाणिज्य बैंकहरूको भन्दा बढी रहेको बैंकको दाबी छ ।
त्यसैगरी, बैंकले कर्जा असुलीमा पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल देखिएको छ । बैंकले कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न सफल देखिएको छ ।


