काठमाडौं । विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा मोरक्को पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम .(आईएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच भेटवार्ता गरेका छन्।
उनले मंगलबार मोरक्कोको मराकेशमा जारी पुलितीसँग भेट गरेका हुन् ।
बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ।
अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरे ।
आइएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको स्वागत गरे ।


