काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। त्यसैगरी आज एक अमेरिकी डलरको खरिदर १३१ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ५५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १६५ रुपैयाँ ०४ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ २६ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७२ पैसा छ।


