काठमाडौं ।आजबाट चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला भएको छ । मंगलबारदेखि कम्पनीले सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्री खुला गरेको हो ।
यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कूल निष्कासन मध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता कर्मचारीकारीलाई बाँडफाँट गरिसकेको छ ।


