काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से ४०.४८ प्रतिशतले बढेको हो । आज बढेको बजारमा ३ अर्ब ४५ करोडको कारोबार भएको छ। पछिल्लो ७९ कारोबार दिनपछिकै आज सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका २७५ कम्पनीको ९५ लाख २८ हजार पटकको कारोबार हुँदा ३ अर्ब ४५ करोडको कारोबार भएको छ। गत साता आयकरको अन्योतलाले गर्दा १०० बढी अंकले घटेको बजार पुनः लय समात्न सफल भएको छ।
आज नागरिक लगानी कोषको सर्वाधिक सेयर कारोबार भएको छ। आज नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।


