काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनले भविष्यमा पाँच खर्बको आयात प्रतिस्थापन गर्ने बताएका छन् ।
उनले आज ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा चार्जिङ स्टेसनमा भएको विद्युत् खपतबाट दैनिक करिब दुई करोडको डिजेल र पेट्रोल प्रतिस्थापन गर्ने गरेको बताए ।
अहिले गतिमा विद्युत् खपत भए भविष्यमा पाँच खर्बको आयातलाई प्रतिस्थापन गर्न सक्ने उनको भनाइ छ । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्यधिक रूपमा वृद्धि भएको पनि बताए ।


