काठमाडौं । धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका १० जना बैंकरहरु थुनामुक्त भएका छन् । यसरी थुनामुक्त हुनेहरुमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना रहेका छन् । सीआईबीका एसपी होबिन्द्र बोगटीले सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको जानकारी दिए ।
उनका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सकिएको छ । बाँकी अनुसन्धान बाहिर नै राखेर हुने उनको भनाइ छ ।
सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो ।


