काठमाडौं । निर्माण व्यवसायीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले मंगलबार बिहान डोजर र अरू निर्माण उपकरण सडकमा राखेर प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले माग पूरा गरी आफूहरूलाई चाँडै काममा फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सरकारले स्रोत नभएका आयोजनाको म्याद थप गर्न लागेको उनले बताए । भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता आयोजना खारेज गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई काममा फर्काउनका लागि ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने उनले बताए ।


