काठमाडौं । बजेटको अभाव भएपछि झण्डै २२ हजार पूर्व शिक्षकले चैत्र महिनाको पेन्सन पाउन सकेका छैनन् । अर्थ मन्त्रालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार झण्डै २२ हजार पूर्व शिक्षकले चैत्र महिनाको पेन्सन नपाएका हुन ।
बजेट अभावकै कारण करिब २२ हजार शिक्षकले चैत्र महिनाको पेन्सन पाउन नसकेको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।
उनका अनुसार,पेन्सन थाप्ने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट नपुगेका कारण रोकिएको हो ।


