काठमाडौं ।आइतबार झिनो अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ सोमबार नेप्से १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ ।
३१० कम्पनीको ५६ हजार ७ सय ७५ पटकको कारोबारमा ७४ लाख ९१ हजार ३०३ सेयर खरिद बिक्रि भएको छ । साथै, २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९५ अंकले बढेर ३७९ दशमलव २८ विन्दुमा पुगेको छ । २०औँ वार्षिकोत्सव मनाएको नेपाल टेलिकमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पिपुल्स पावर र समाज लघुवित्तको शेयर पनि १० प्रतिशतले बढेको छ ।


