काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूखुसी रुपमा ब्याज बढाएको भन्द उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदर घटाऊ, गरिखान देऊलगायत नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए। बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएको बताइएको छ। विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीको सहभागिता रहेको छ।


