काठमाडौं । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से सूचक ३६.१ अंकले घटेको हो ।
आज २६७ कम्पनीको ७७ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार हँदा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
मंगलबार १५ करोड २७ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई बैंक परेका छन् ।


