काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ।
मंगलबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
यस्तै आज एक अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ २३ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। मंगलबार युरो १ को खरिद दर १४३ रुपैयाँ १० पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ७५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १६५ रुपैयाँ ३६ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ २३ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३१ पैसा छ।


