काठमाडौं । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्।
बुधबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतलिने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच विवाद देखिएको छ ।
सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबिच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर मतभेद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुङ्गो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । माओवादी केन्द्र भने पहिले विश्वासको मत टुङ्ग्याएर अन्य प्रक्रियामा लाग्नुपर्ने पक्षमा देखिएको छ ।


