काठमाडौं । रञ्जना व्यापार संघको पाँचौं अधिवेशनबाट हरिप्रसाद पाण्डे अध्यक्षमा निर्विरोध चयन भएका छन् ।।
विहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रञ्जना व्यापार संघ व्यवसायीहरुको हकहितमा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहेको भन्दै खुशी व्यक्त गरे । उनले निवर्तमान अध्यक्ष बिना श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेको बताउँदै नयाँ कार्यसमितिलाई पनि अधुरा कामहरु पुरा गर्दै जान आग्रह गरे
संघको उपाध्यक्षमा दिपेन्द्र क्षेत्री र मुरारी प्रसाद तिमिल्सिना, महासचिवमा महेश पौडेल, सचिवमा सिताराम तिवारी र राजेन्द्र कँडेल, कोषाध्यक्षमा यमकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा आशा मिण्डा चयन भएका छन् । यसैगरी सदस्यहरुमा मुना थापा, कमल पराजुली, एलिशा श्रेष्ठ, सुनिता लामा, रुपा तामाङ (थापा), सुरज कुमार खड्का, पदम न्यौपाने, कृष्ण अधिकारी र शुशिल बेल्बासे चयन भएका हुन् ।
।
साथै नयाँ कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरे । व्यापारी व्यसायीहरुको समस्या समाधान गर्न आफू सँधै कटिवद्द भएर लाग्ने बताउँदै उनले जस्तोसुकै परिस्थितिमा पनि आफू व्यवसायीहरुलाई सहयोग गर्न तयार भएको विश्वास दिलाए ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष बिना श्रेष्ठले व्यापारीहरुको हकहितका लागि स्थापना भएको संघले स्थापनाकालदेखि नै रञ्जनामा व्यापार व्यवसाय गर्दै आएका सम्पूर्ण व्यापारीको पक्षमा वहश पैरवी तथा विभिन्न निकायहरुसँग वहस, छलफल र आवश्यक खबरदारी गर्दै आएको बताईन् ।
रञ्जना व्यापार संघले रञ्जना ट्रेडमा मात्र सिमित नभई देश तथा विदेशमा पनि आफ्नो उपस्थिति जनाउँदै आएको उनले बताईन् । साथै रञ्जना व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विविध सामाजिक कार्यहरु पनि गर्दै आएको श्रेष्ठले बताईन् । उनले आफू कार्यकालमा रहदाँ कर शिक्षा अभिमूखिकरण, वाणिज्य र कर कार्यालयमा दर्ता अभियान, रक्तदान, खेलकुद, राहत वितरण जस्ता विविध कार्यहरु गरेको बताईन् ।
आगामी कार्यसमितिले आफ्नो कार्यकालमा गर्न छुटेका अधुरा कामहरुलाई पुरा गर्दै जाने र सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जानेमा आफु विश्वस्त रहेको बताउदै श्रेष्ठले संघप्रति आफ्नो साथ र सहयोग सदैव रहने समेत प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जन, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, भन्सार विभागका महानिर्देशक शुभकान्त पौडेल, किर्तिपुर वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य, काठमाडौ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख शशि भट्टराई लगायतको उपस्थिति रहेको थियो । उनीहरु व्यवसायीहरुले भोग्दै आएका समस्या र समाधानका विषयमा मन्तव्य समेत राखेका थिए ।
अघिल्लो कार्यकालमा संघका महासचिव रहेका नवनिर्वाचित अध्यक्ष पाण्डे लामो समयदेखि निरन्तर व्यापारी व्यवसायीहरुको हकहितका लागि काम गरिरहेका छन् । आफू कार्यकालमा रहँदा व्यापारीहरुका आवाजलाई सरोकारवाला निकायहरुमा पु¥याई समस्याका समाधान गर्न लागिपरेका थिए । साथै आफूले कार्यभार सम्हाल्दै गर्दा आफूमा थप जिम्मेवारी थपिएको महसुश भएको बताए ।
संस्थालाई उचाईमा प¥याउन जस्तोसुकै परिस्थितिमा पनि कटिबद्द भएर लाग्ने बताए । अझै साना तथा मझौला व्यवसायीहरुको थुप्रै समस्याहरु यथावत् नै रहेको बताउँदै उनले ती समस्याहरु समाधान गर्दै सामाजिक कार्यलाई पनि निरन्तरता दिने प्रतिवद्दता जनाए ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई संघका कानुनी सल्लाहकार हरि तिवारीले सपथ ग्रहण गराएका थिए ।


